Logo

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीमा ठूलो उपलब्धी हुने

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीमा ठूलो उपलब्धी हुने



काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ । सोमबार एक कार्यक्रमका बीच फोनपेकातर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले सहमति गरेका हुन् । सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यो सहकार्यले नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गरिएको छ।

laxmi

सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसीछौँ । हामी दुबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ ।”

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “यससहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन् । यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ । हामी दुबैको ठूलो उद्देश्य एउटै छ, जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि सँगै अघि बढ्दैछौं।”

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । यस्तै सन्न् २०१७ मा आफ्नो सेवा सुरू गरेको खल्ती २० लाख भन्दा बढिले प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL