Logo

माई–पेबाट हवाई टिकट बुकिङ सेवा सुरु, एक हजारसम्म नगद छुट पाइने

माई–पेबाट हवाई टिकट बुकिङ सेवा सुरु, एक हजारसम्म नगद छुट पाइने



काठमाडौं । डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ ।

laxmi

हाल माई–पे वालेट मार्फत आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माई–पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले बताएको छ ।

यो योजना सीमित अवधिका लागि जारी गरिएको जनाएको कम्पनीले क्यासब्याक प्राप्त गर्न माई–पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्ने जनाएको छ । यसमा पहिलो प्रयोगकर्ताले पहिलो जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL