Logo

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा, लाभांस पारित

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा, लाभांस पारित



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सोमबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ ।

laxmi

साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका हुन् । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई रु.२ अर्ब ५५ करोड २ लाख ८२ हजार एक सय कायम हुनेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह कबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह खबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह कबाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा श्री विवेक झा निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समूह खबाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL