Logo

रियलमी सी२५ वाई स्मार्टफोन अब नेपाली बजारमा, यस्ता छन् विशेषता

रियलमी सी२५ वाई स्मार्टफोन अब नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पर्ने रियलमी सी२५ वाईमा १८ वाट क्विक चार्ज सपोर्ट गर्ने ५ हजार एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिङ्गर प्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसोक टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६।५ इन्चको ठूलो डिस्प्ले रहेको जनाएको छ ।

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै म्याक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्ने र प्रयोगकर्तालाई ८१६० सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।

क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एचडीआर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्ने जनाएको छ ।

यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ । उक्त मोबाइलको ५ हजार एमएएच ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्ने जनाएको छ । यस्त ाअके सुविधाका कारण रियलमी सी२५ वाई फोन उपयुक्त भएको कम्पनीको दाबी छ ।

यो मोबाइल ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ । ४ जीबी र्याम र १२८ जीबी र्याम स्टोरेज हुने यो फोनको मूल्य नेपाली बजारमा २० हजार ४ सय ४९ रुपैयाँ तोकेको छ । बजारमा सबैतिर यो फोन उपलब्ध रहेको र अनलाइन बजार दराजमा समेत बिक्री सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL