Logo

आयातमा कडाइको असर : व्यापारीले लुकाउन थाले सामान, बजारमा सर्टेज

आयातमा कडाइको असर : व्यापारीले लुकाउन थाले सामान, बजारमा सर्टेज



काठमाडौं । सरकारले आयातमा कडाई गरेसँगै व्यापारीले त्यस्ता बस्तुहरु लुगाउन थालेका छन् । त्यसरी आयात गरिएका सामान अहिले नै विक्री गर्दा सस्तो मुल्यमा बेच्नु पर्ने तर केही दिन होल्ड गरेर महङ्गोमा विक्री गर्नका लागि व्यापारीले आफुसँग भएका सामान गोदाममै लुगाउन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सरकारको निर्देशन बमोजिम राष्ट्र बैंकले केही महिना अघि केराउ, सुकमेल, सुपारी र छोकडाको आयातमा कडाई गर्दै परिमाणत्मक बन्देज लगाएको थियो । यसैगरी गत हप्तामात्रै आयात सम्बन्धी नयाँ निर्देशन जारी गर्दै करिव ३४५ प्रकारका बस्तु आयातमा कडाई गरेको थियो । राष्ट्र बैंकले १९ प्रकारका हार्मोनिक कोड भएका बस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ भने केही बस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने छ । जसका कारण ३४५ ओटा बस्तुहरु आयातमा कडाई हुनेछ ।

तर व्यापारीहरुले भने उक्त निर्देशनलाई अवसरको रुपमा प्रयोग गर्दै आफुसँग भएका बस्तुहरु बजारबाट उठाएर होल्ड गरेका हुन् । ‘राष्ट्र बैंकले आयातमा कडाई गर्नुअघि त्यस्ता बस्तुहरु सहज रुपमा पाइन्थ्यो तर कडाई गरेको केही दिन वित्न नपाउँदै बजारमा त्यस्ता बस्तुहरु सर्टेज हुन थाले,’ एक उपभोक्ताले भने, ‘बजारमा सामान हुँदाहुँदै पनि व्यापारीहरुले होल्ड गरिदिँदा हामी उपभोक्ताहरु मारमा परेका छौं ।’

यसैगरी राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनामा पनि अहिले केही व्यापारीहरुले गतल नियतले आफुसँग भएको सामान समेत लुकाउन थालेको बताउँछन् । ‘राष्ट्र बैंकले अहिले आयातमा कडाई गरेपनि व्यवसायीसँग कम्पतीमा ३ महिनामा लागि आवश्यक सामान स्टकमा हुन्छ भने यस अघि एलसी खोलेर आयात गरिएको सामान आउन पनि अझै २ देखि ३ महिना लाग्छ,’ उनले भने, ‘तर सरकारले कडाई गरेकै भोलीपल्टदेखि बजारमा त्यस्ता सामान सर्टेज हुनु भनेको व्यापारीहरुको लुटतन्त्र हो ।’

उनका अनुसार अहिलेनै उपभोक्ताहरुले बजारबाट स्याम्पु, कस्मेटिकलगायतका सामान पाउन छाडेको गुनासो गर्न थालेको छन् । तर अहिलेनै यसरी गुनासो आउनु भनेको व्यापारीहरुको गैरकानूनी कार्य भएको समेत उनको तर्क थियो । यस्ता विषयमा वाणिज्य विभागले अनुगमन गरेर बजारमा सहज रुपमा सामान उपलब्ध हुने वातावरण बनाउनु पर्ने समेत उनले जानकारी दिए ।

यसैगरी वाणिज्य विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठले भने कुन वस्तु कति छन् भन्ने एकिन तथ्याङ्क नभएको तर सो विषयमा विभागले अनुगमन गर्ने बताए । ‘अहिले यस विषयमा हामीकहाँ गुनासो आएको छ्रैन,’ उनले भने, ‘तर हामीले बजारमा कसरी सामान उपलब्ध भैरहेको छ सो विषयमा तत्काल अनुगमन गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL