Logo

‘बजाज खुशीका तीन डोज’ को विजेता घोषणा, गुप्ताले पाए नगद १० लाख

‘बजाज खुशीका तीन डोज’ को विजेता घोषणा, गुप्ताले पाए नगद १० लाख



काठमाडौँ । नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज खुशीको ३ डोज’ को विजेता घोषणा गरेको छ ।

laxmi

नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको ‘खुशीको ३ डोज’को विजेता बन्न सफल भई लालबन्दीका बिट्टुकुमार गुप्ताले रु १० लाख हात पार्न सफल भएका छन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा रु १ लाखसम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु. १० लाखको नगद पुरस्कार प्राप्त गर्ने अवसर पनि थियो ।

विजेता बिट्टुकुमार गुप्ताले भने, ‘यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु । यस्तो योजना सन्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।’

शेखर गोल्छा, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकले भने– खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
MBL