Logo

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता, कोषका कर्मचारी र सहभागीलाई लाभ

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता, कोषका कर्मचारी र सहभागीलाई लाभ



काठमाडौं । नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरोेलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरूलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

laxmi

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीहरूले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्यूरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडीयोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ ।

नशा रोग निदानमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिब ७ लाख र कोषका कर्मचारीहरू यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL