GBIME

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका, ५० रुपैेयाँ रिचार्ज गर्दा अफरमा सहभागी हुन सकिने


बिजखबर संवाददाता
8 December, 2021 12:02 pm

Khalti-ma-iphone-13

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

Laxmi
NABIL
Yamaha

प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्तीले जनाएको छ ।

अन्तिममा एक जना विजेताले आइफोन १३ प्राप्त गर्नसक्ने र दैनिक एक जना प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स प्राप्त गर्नसक्ने पनि सो कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड भएका खल्ती एकाउन्टबाट यो क्याम्पेनमा सहभागी हुन पाइनेछ । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु भएको प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।

sarbottam

क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्कीड्रमार्फत खल्तीले विजेता घोषणा गर्नेछ । आफ्ना प्रयोगकर्ता संख्या २० लाख नाघेको खल्तीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL