Logo

डाबर नेपाल, इसीमोड, र तालकोल्लाबीच टिमुर खेती गर्ने सम्झौता, वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्य

डाबर नेपाल, इसीमोड, र तालकोल्लाबीच टिमुर खेती गर्ने सम्झौता, वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्य



काठमाडौँ । वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमुर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना शुरू गर्न लागिएको हो ।

तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह सिएफयूजी, डाबर नेपाल प्रावि र इसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ ।

यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले पर्यावरण पुनर्स्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढवा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने ठानिएको छ । सम्झौतामा इसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL