Logo

महिन्द्राको लिथियम-आयोन अटो नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

महिन्द्राको लिथियम-आयोन अटो नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपालमा आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रिमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केहि क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ शुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।

महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख बचत गर्न सक्छन् । महिन्द्रा ट्रियोका पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने, उत्कृष्ठ पर्फेमेन्स, उन्नत लिथियम आयोन ब्याट्रि, थकानमुक्त ड्राइभिङ अनुभव, अकार्षक डिजाइन, उतकृष्ठ वारेन्टी नेपालमा पनि र विद्युतिय अटोमोबाइल उद्योगमै पहिलो कनेक्टेड नेमो मोबिलटी प्लेटफार्म लगायत विशेषता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL