Logo

निसान बन्यो धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी, निशान म्यागनाइट १ हजार १११युनिट बिक्री

निसान बन्यो धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी, निशान म्यागनाइट १ हजार १११युनिट बिक्री



काठमाडौं । नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ।

नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले केहि महिना भित्रै १ हजार १११युनिट निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको हो।

यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ। यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ।

निसान म्याग्नाइट नेपाली बजारमा गतवर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा सार्वजनिक भएको थियो । त्यस पश्चात ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This