Logo

प्रभु क्यापिटलमा डबल धमाका अफर, अब १ रुपैयाँमा डिम्याट खाता

प्रभु क्यापिटलमा डबल धमाका अफर, अब १ रुपैयाँमा डिम्याट खाता



काठमाडौं । बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले डबल धमाका नामको अफर सञ्चालन गरेको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने र निःशुल्क सेयर बजार सम्बन्धी विशेषज्ञ तालिम लिन सकिने क्यापिटलले जनाएको छ ।

laxmi

क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु। १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिनेछ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

यो योजनाको अवधि असोज १८ गतेदेखि कार्तिक २५ गतेसम्म हुनेछ र यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL