Logo

एनवाइइएफको १८औं वार्षिकोत्सव, यूवा उद्यमीहरुको सहयोग र प्रर्वद्धनमा क्रियाशील

एनवाइइएफको १८औं वार्षिकोत्सव, यूवा उद्यमीहरुको सहयोग र प्रर्वद्धनमा क्रियाशील



काठमाडौं । यूवा उद्यमीहरुको संस्था एनवाइइएफले आफ्नो १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले यही २६ सेप्टेम्बरमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो । यो संस्था सानो संगठनको रुपमा विकसित हुँदै देशभरीका युवा उद्यमीहरु संगठित भई हाल सातै प्रदेशमा यसको च्याप्टरहरु रहेको छ ।

laxmi

सन् २००३ देखि युवा उद्यमीहरुलाई सहयोग र उनीहरुको व्यवसायलाई प्रबद्र्धन गर्दै युवाहरुबीच अनुभवको आदान–प्रदान, तालिम, बहस तथा अन्तकृया जस्ता कार्यव्रmमहरुमा यो संस्था क्रियाशील छ । सो अवसरमा अध्यक्ष उदीप श्रेष्ठले भने “हामीहरु एनवाइइएफको इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै आएका छौं । यो वार्षिकोत्सव पारिवारिक भेटघाट जस्तै भएको हुँदा यसको आफ्नै महत्व छ । समान सोच र उद्देश्य भएका यूवाहरुबीच काम गर्न पाउदा हामीलाई अत्यन्त गौरवको अनुभूती भएको छ ।”

त्यसैगरी उक्त कार्यव्रmममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रलयका सचिव अर्जुन पोखरेलले एनवाइएफका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिदै संस्थाको आगामी दिनमा उत्तरोत्तर प्रगति होस् भनी कामना गरे । साथै उनले यूवा उद्यमीहरुलाई आवश्यक सहयोग गर्न मन्त्रालय सधै तयार रहेको बताए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पनि १८औं वार्षिकोत्सवको लागि शुभकामना सन्देश पठाएक थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL