Logo

पोखरामा डिशहोम फाइबर नेटको सेवा शुरु, ग्रामीण भेगसम्म सेवा उपलब्ध गराउने

पोखरामा डिशहोम फाइबर नेटको सेवा शुरु, ग्रामीण भेगसम्म सेवा उपलब्ध गराउने



काठमाडौं । डिश मिडिया नेटवर्कले पोखरामा ‘डिशहोम फाइबर नेट’ को सेवा शुरु गरेको छ । भदौ २३ गते पोखराको नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्समा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट उक्त सेवाको शुभारम्भ भएको हो ।

laxmi

भट्टराई एण्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट सहज हुने बताए ।

शहरी क्षेत्रबाट शुरु भएको डिशहोमको फाइबर नेट सेवालाई ग्रामिण भेगसम्म उपलब्ध गराउने डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL