Logo

केएफसीको ११ औं शाखा विस्तार, इटहरीमा भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा

केएफसीको ११ औं शाखा विस्तार, इटहरीमा भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा



काठमाडौं । अन्तर्राष्ट्रिय फूड चेन केएफसीले प्रदेश १ मा पहिलो शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेशमा पहिलो र देशभरमा आफ्नो ११ औं शाखा इटहरी उपमहानगरपालिका वडा नं. १६ लविपुरस्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा शाखा विस्तार गरेको हो ।

नेपालका लागी केएफसीको आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनल नेपालले रहेको छ । करिब ७५ जनाको सिट क्षमता भएको इटहरीको केएफसी रेष्टुरेन्ट १७३६ वर्ग फिटमा फैलिएको छ ।

रेस्टुरेन्टले हाल बिहान ९ बजेबाट रातको ९ बजे सम्म डाइन–इन र टेक अवेमार्फत सेवा दिइरहेको छ । रेस्टुरेन्टमा १५ जना स्थानीय कर्मचारीहरु कार्यरत छन् ।

केएफसी रेष्टुरेन्टले निकट भविष्यमै विराटनगर र धरानमा समेत आफ्नो शाखा विस्तार गर्न लागेको कम्पनिका प्रमुख विजय शर्माले बताए ।

करिब दुई करोड साठी लाखको लागतमा खुलेको रेस्टुराले इटहरीमै विश्वस्तरिय खानाको स्वाद पस्किएको र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको कम्पनीमा वित्त प्रमुख रितुराज शाहले बताए । रेस्टुरेन्टले खानाको गुणस्तरमा मात्र सिमित नभएर कोभिड–१९ बाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL