Logo

प्रोटोनका ग्राहकलाई ६ लाखसम्मको अफरयुक्त दक्षिणा, चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने

प्रोटोनका ग्राहकलाई ६ लाखसम्मको अफरयुक्त दक्षिणा, चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने



काठमाडौं । प्रोटोनले दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यो योजना चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने प्रोटोनले जनाएको छ।

laxmi

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा १ लाख देखि ६ लाख सम्मको अफर युक्त दक्षिणा प्राप्त गर्न सक्नेछन्।

जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्। यसैगरी, पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था पनि गरेको छ।

यस प्रोटोन ‘दशैं दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् । यसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL