GBIME

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न यसरी हुनेछ सहज


बिजखबर संवाददाता
1 September, 2021 9:58 am

daraz

काठमाडौ । दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो ।

Bajaj
NABIL
YAMAHA

यस साझेदारीको माध्यमबाट चयन आइएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने दराजले जनाएको छ । यस्ता पोइन्ट्सले सामान रिटर्नको लागि अधिक सुविधा जनक र झन्झट मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरू अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् ।

दराजको हब बाहेक ग्राहकहरू अब उपत्यका भित्र र बाहिर रहेका आइएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । हाल काठमाडौं उपत्यकामा ६ वटा हबहरु संचालनमा रहेका छन् भने छिट्टै ८ वटा हव संचालनमा आउने दराजले जनाएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL