Logo

नेपालमा ‘टीभीएस एनटर्क १२५’ बिक्री सुरुवातको तीन वर्ष, ५० हजार युनिट बिक्री

नेपालमा ‘टीभीएस एनटर्क १२५’ बिक्री सुरुवातको तीन वर्ष, ५० हजार युनिट बिक्री



काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो ।

laxmi

सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको थियो ।

इन्टरनेशनल बिजनेस टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलीपले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा खुसी लागेको बताए । उनले सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागि बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको बताए । ​टीभीएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको उनको दावी छ ।

जेएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले नेपालका ग्राहकहरुको रोजाइमा टीभीएस एनटर्क १२५ पर्नुमा यसको गुणस्तर नै भएको बताए ।

टीभीएस एनटर्क १२५ ले रेसिङ पे डिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्दछ । यस स्कुटरले एक्स्क्ल्युसिभ टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी स्मार्ट कनेक्टलाई आत्मसाथ गरेकाले पनि यो लोकप्रिय बनेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL