Logo

टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन पोखरामा सार्वजनिक

टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन पोखरामा सार्वजनिक



काठमाडौँ । टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनीको भनाइ छ ।

laxmi

कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको तीन टोन संयोजनले राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने बताइएको छ ।
टीभीएसद्वारा पोखरामा आयोजित “निर्भयाज वुमन इन कन्र्सटर्” मा उक्त स्कुटरको लन्च गरिएको थियो । कन्र्सटमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुती रहेको थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर लन्च गरिएको थियो । दर्शकहरुको उत्साहजनक प्रतिकृया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टीभीएस्को स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो स्कुटर सार्वजनिक गर्न पाउँदा खुसी भएको बताए । यस्तै लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक अखिल गुप्ताले भने स्कुटरले युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए । मरीन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको मूल्य रु। २ लाख ९९ हजार ९०० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL