Logo

सगरमाथा सिमेन्ट अब २५ केजीको प्याकमा पनि, उपभोक्तालाई सहज हुने

सगरमाथा सिमेन्ट अब २५ केजीको प्याकमा पनि, उपभोक्तालाई सहज हुने



काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले उपभोक्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपिसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ ।

यस २५ के।जी।का हाफ प्याक बोरा वितरण प्रणालीमा सहज हुने र स–साना सिमेन्टसंग जोडिएका निमार्णका कार्यहरु गर्न सजिलो हुने कम्पनीको विश्वस्त रहेको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण विकास निर्माणका काममा आवश्यक सामग्रीहरू सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान निकै कठिन छ । विशेषतः हिमाली क्षेत्रमा विकास निर्माणका कार्यहरू गर्दा निर्माण सामाग्री ओसार पसारमै लागत तथा समयको बढी खर्च हुने भएकोले निर्माण कार्य बढी खर्चिलो हुने गरेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले सगरमाथा ब्रान्डका कम तौलका सिमेन्टका बोराहरू जसलाई ओसार पसार गर्न सहज, निर्माणमा समेत अनावश्यक खेर कम र निर्माणसमेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ केजीको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL