Logo

चेम्बरको शिक्षा,संस्कृति तथा खेलकूद समिति गठन, यी सदस्यहरु भए मनोनित

चेम्बरको शिक्षा,संस्कृति तथा खेलकूद समिति गठन, यी सदस्यहरु भए मनोनित



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको शिक्षा, संस्कृति तथा खेलकुद समिति गठन गरिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य दिपक काजी तुलाधरको सभापतित्वमा गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।

उक्त समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाé, दिपिका रिमाल थापा, निरज कार्की मनोनित भएका छन् ।

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा शिक्षा,संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हाशिल गरेका सदस्यहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्व अन्र्तगतको शिक्षा,संस्कृति तथा खेलकूद क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए ।

यस्तै उनले कार्यकालको सफलताको कामनासमेत गरेका छन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL