Logo

डाबर नेपालले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’, रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने दावी

डाबर नेपालले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’, रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने दावी



काठमाडौं । डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख एच.एस. बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं. १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्यूनो म्याङ्गो प्लस एउटा स्वास्थ्य वद्र्धक र ज्यादै मीठो आँपको जुस भएको र पावर अफ फाइभले भरिपूर्ण रहेको पनि उनले बताए ।

रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्व गन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको दावी छ ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई समय अनुकुल मानेर ज्यादै मन पराएको बताए ।

फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL