Logo

नबिल इन्भेष्टमेन्टको सुविधा, अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्टको सुविधा, अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

laxmi

कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनु पर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायी हुनेछ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन् भन्ने उद्देश्यले यस कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको जनाएको छ । जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको वेबसाइटमा गई अनलाइन डिम्याटमा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रिफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रिफरेन्स नम्बर खाता वालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफुले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध हुनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरूको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL