Logo

टाटा मोटर्सको बिशेष योजना, महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष सुविधा र छुट

टाटा मोटर्सको बिशेष योजना, महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष सुविधा र छुट



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरना भाइरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ ।

laxmi

यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवामा खटिने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने सिप्रदीले जनाएको छ ।

यस योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सकिनेछ, जसमा १ लाख ५० हजारको बिशेष नगद छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस, र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी वोनस स्वरुप ३० हजार प्राप्त गर्न सकिनेछ । साथै गाडीहरूको होम डेलिभरीको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन चाहने यस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरु १ मे २०२१ देखि ३१ मे २०२१ सम्म यस योजनामा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL