Logo

अरुण भ्याली हाइड्रोको हकप्रद शेयर निष्काशन आजदेखि, यस्तो छ प्रक्रिया

अरुण भ्याली हाइड्रोको हकप्रद शेयर निष्काशन आजदेखि, यस्तो छ प्रक्रिया



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

laxmi

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार चैत ८ गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत बैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL