काठमाडौं । गत हप्ता एउटा विषयले निकै चर्चा पायो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो तलामा पसल सञ्चालनका लागि प्रकाशन गरिएकोे बोलपत्र आह्वानको सूचना सहितको विज्ञापन गायब गरियो भन्ने । विमानस्थलमा रहेका पसलमा बजार मूल्यभन्दा अत्यधिक मूल्यमा सामान विक्रि हुँदै आएको छ । त्यहाँ पसल सञ्चालन गरे अधिक नाफा कमाउन सकिने मनसाय व्यवसायी अथवा बिचौलिया कम्पनीको…