काठमाडौं । आन्दोलनरत मजदुरहरुलाई वार्तामा आउन रेष्टुरेन्ट एन्ड बार एशोसिएसन (रेबान)ले आग्रह गरेको छ । ग्राहकबाट उठाउँदै आएको १० प्रतिशत सेवाशुल्क खारेज गरेको भन्दै आन्दोलनमा उत्रेका मजदुरहरुलाई वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न सकिने भन्दै आन्दोलन फिर्ता लिन रेबानलेआह्वान गरेको हो । रेबानले गत सोमबारबाट सेवा शुल्क खारेज गर्ने घोषणा गरेसँगै मजदुर सङ्गठनहरु आक्रोशित…