काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै अन्य काम पनि पछि धकेलिएको छ । सरकारले वैकल्पिक विमानस्थलको रुपमा नागीडाँडालाई आन्तरिक विमानस्थल बनाउने काम अझै अघि बढ्न सकेको छैन । सरकारले विमानस्थल बनाउन काम अघि सारे पनि वातवरण प्रभाव मूल्याङकन (इआइए) माहाशाखाले प्रतिवेदन नबुझाउँदा अन्यौलमा परेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ…