काठमाडौं । नेपाल टेलिकमले सिडिएमए सेवालाई फोरजी /एलटीई (लङ टर्म इभोलुसन) मा रुपान्तरण गर्ने भएको छ । वायरलेस सेवाको दिर्घकालिन विकासको कार्य योजना अनुरुप सिडिएमए तथा वाइम्याक्स सेवाहरुलाई फोरजी सेवामा रुपान्तरण गर्ने तयारी थालिएको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । ‘सबै प्रविधिलाई भविष्यमा समयानुकुल रुपान्तरण गर्ने रणनीति अनुरुप सिडिएमए र वाइम्याक्सलाई फोरजीमा रुपान्तरण…