काठमाडौं । नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताले शनिवारदेखि फोरजी चलाउन पाउने भएका छन् । टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रिपेडमा फोरजी सेवा उपलब्ध गराउन लागेको हो । हाल एनटिसीको फोरजी पोष्टपेड ग्राहकले मात्र चलाइरहेका छन् । टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन लागेको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए । अन्य जिल्लामा पनि विस्तार गर्ने…