काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले पुलचोक ईन्जिनियरिङ क्याम्पसका १६ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । एनसेलले सोमबार एक कार्यक्रम आयोजना गरी १६ जना बिद्यार्थीलाई जनही १ /१ लाख रुपैयाँ प्रदान गरेको हो । दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यसहित ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीहरुलाई १६ लाखको छात्रबृत्ति दिएको एनसेलका…