काठमाडौं । विश्व बैंकले नेपालका लागि १५० मिलियन डलर (२० अर्ब १५ करोड ६५ लाख रुपैयाँ) बराबरको शर्तगत वित्तपोषण उपलब्ध गराउने भएको छ । नेपालमा पछिल्लो समय निम्तिएको प्राकृतिक तथा मौसमी प्रतिकुलताले निम्त्याएको वितण्डाबाट राहत पाउन र आपतकालिन स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दै शर्तसहितको रकम दिनेगरी विश्व बैंक कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले स्वीकृत गरेको हो…