काठमाडौं । सरकारले अर्थ सचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको एक मन्त्रीले…