काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने या नगर्ने भन्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको र आइतबार निर्णय गर्ने बताइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा विमानस्थलको अध्यागमन विभागमा छापा मारेर अनुसन्धान गरिरहेको छ ।