काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्ति लोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए। कान्ति लोकपथ सडक अवरुद्ध रहेकाले हेटौंडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।