Logo

नक्कली शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालय नजिकबाट पक्राउ गरेको हो ।…