काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई आईतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र…