काठमाडौं । सरकारले विभिन्न लक्ष्य राखेर कार्यान्वयनमा ल्याएको पन्ध्रौँ आवधिक योजना (२०७६/७७–२०८०/८१)का लक्ष्य हाँसिल गर्न कोरोना महामारी बाधक बनेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले यसको मध्यावधि समीक्षा गर्दै कोरोना महामारीका कारण विभिन्न सुचकहरुमा भनेबमोजिमको प्रगति नभएको बताएको हो । समीक्षा अनुसार कृषि क्षेत्रमा बर्षेनी देखिने प्राकृतिक विपत्ती, पर्यटन तथा सेवा क्षेत्रमा कोरोनाको प्रभावलगायतले…