काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु चयन भएका छन् । संघको गत शुक्रबार सम्पन्न २० औं बार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि मारुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । साधारणसभाले संघको नयाँ कार्यसमितिमा अध्यक्षमा मारुका साथै उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्णलाई चयन गरेको…