काठमाडौं । बजेटबाट निरास भएका उद्योग व्यवसायीहरु मौद्रिक नीतिमार्फत हर्षित बन्न पुगेका छन् । सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै गुनासो गर्दै आएका उद्योगी व्यवसायी तथा बैंकरहरु नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फैत आफ्ना माग सम्बोधन भएको बताउँछन् । विशेषगरी कृषिलाई प्राथमिकता दिँदै कर्जाको पुर्नसरचना, पुर्नतालिकिकरण, पुनर्कर्जा तथा बजारमा तरलता ल्याउन सीसीडी अनुपातमा वृद्धि गरेर…