काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासंग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसंग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चापदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत पुन ः निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष…