काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वभर पेट्रोल, डिजेल, ग्यास, मट्टीतेलदेखि प्राय सबै इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपालमा अहिले पेट्रोल १९९ रुपैयाँ लिटर, डिजेल–मट्टीतेल १९२ रुपैयाँ लिटर र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० रुपैयाँ पुगेको अवस्था छ । इन्धनमा भएको मूल्यवृद्धिले समग्र बजार महँगिएको छ । सर्वसाधारण दैनिक छाक टार्ने चिन्तामा पुगेको…