काठमाडौं । दार्चुला सदरमुकाम खलंगामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी बुधबारबाट उक्त लाईन संचालनमा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रीड पुर्याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति सुरु गर्नुु ठूलो उपलब्धि भएको बताएका छन ।…