डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२÷३३ केभी सवस्टेशनको उद्घाटन गरेका हुन् । सब स्टेसन संचालनमा आएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा…