नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपालमा अमेरिकी लगानी भित्रयाउने पहल गर्न अमेरिकन सरकारको व्यूरो अफ इन्टरनेशनल इन्फरमेशन प्रोग्राम्स (आईपीपी)सँग आग्रह गरेकी छन् । आईपीपीका संयोजक म्याकोन फिलिप्ससँग मंगलवार भएको भेटवार्ताको अवसरमा उनले यस्तो आग्रह गरेकी हुन् । वरिष्ठ उपाध्यक्ष राणाले नेपालको व्यवसायिक कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार निर्माण, खानी तथा खानीजन्य क्षेत्रमा लगानीको…