Logo

केएफसीको १४ औं शाखा बुटवलको भाटभटेनी डिपार्टमेन्टल स्टोर परिसरमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर परिसरमा केएफसी रेस्टुरेन्ट खोलिएको हो । सो आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् ।…