काठमाडौं । निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिएसँगै चुनावी सरागर्मी बढेको छ । सरकारपछिको सबैभन्दा ठूलो र शक्तिशाली नेटवर्क भएको संस्थाको रुपमा महासंघको प्रभाव र प्रतिष्ठा रहेकोले पनि यस चुनावले प्रत्यक्ष वा परोक्ष रुपमा राजनीतिक दल, नागरिक समाज, महासंघका प्रतिस्पर्धी संस्थाहरु लगायत धेरैको ध्यान खिच्ने गरेको छ । महासंघको विधान अनुसार…