काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तरराष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा उनले स्वदेशी अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने धारणा राखेका हुन् । उनले भने, ‘अहिलेको विश्वमा हामीले विभिन्न मुलुकसँग सहकार्य…