काठमाडौं । यती डेभलेपमेण्ट बैंकको सेयर संरचना परिवर्तनका लागि नियामक निकायले स्वीकृति प्रदान गरेको छ । बैंकको ६८ दशमलव ३१ प्रतिशत रहेको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेञ्ज तथा सीडीएससी लगायतका संस्थाले स्वीकृति प्रदान गरेको हो । जसअनुसार अव बैंकको सेयर अनुसार संस्थापक ५१ र साधारणतर्फ ४९ प्रतिशत रहनेछ ।…