काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राइजेज बीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक श्री आशिष पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले…